Breaking News

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर, ३० साउन । उदयपुरको बेलका नगरपालिका वडा न. ३ स्थित भाटेपुलका ४० वर्षीय रामकुमार नेपालीको हात्तीको आक्रमणबाट घट्नास्थलमै मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे कोशी टप्पुबाट आएको हात्तीले आक्रमण गरेको हो । बर्सेनि सो क्षेत्रमा हात्तीको आक्रमणमा परी ज्यान गरेको स्थानीय हात्ती पीडित सुरज परियारले बताए ।

भारतीय क्षेत्रका आसामी हात्ती नेपालको पुर्वी खण्ड हुँदै कोशी टप्पुबाट उदयपुर भित्रिने गरेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नबिनकुमार सिंहले जानकारी दिए ।

shares