Breaking News

संसद बैठक: दोषीलार्इ कारवाही गर्न माग

काठमाण्डौ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाँते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको दोषीलाई कारवाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । उनले आपत्कालीन अवस्थामा उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेकोले जनताको भौतिक सम्पतिको नाश हुँदा पनि सरोकारवाला मौन रहेको भन्दै आपत्ति जनाए ।

उनले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरे ।

shares