Breaking News

लामो समयपछि आए जगदिश समाल फरक शैलीको गीत ‘बाडुली’ लिएर (भिडियोसहित)

काठमाण्डौ, ३० साउन । नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ ।

मङ्गलबार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी (मगर)को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन समावेश छ । फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।

केही हप्ताअघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चिं मुसी चिं’ मा मुख्य भूमिका निर्वाह गरेका यी दुईको जोडी सो चलचित्रपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन् । छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियोमा दुई कलाकारले पाँचवटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्-

shares