Breaking News

नेता सिंहद्वारा धोविखोला बाढीग्रस्त क्षेत्र निरीक्षण

काठमाण्डौ, ३० साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वाधार निर्माणमा ध्यान नदिंदा धोविखोलाको बाढी स्थानीयको घरमा पसेको आरोप लगाएका छन् ।

धोविखोलाबाट आएको बाढीले क्षति पुगेको अनामनगरको विभिन्न स्थानको निरीक्षण गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले धोविखोला करिडोर आयोजनाले स्थानीयसंग समन्वय नगरी निर्माणको कार्य गर्दा यस्तो सम्स्या आएको बताए । उनले खोलानालालाई नै छेक्ने गरी बनाइएको भौतिक संरचनाका कारण यस्तो समस्या आएको बताए ।

गएरातिको अविरल वर्षाका कारण धोबिखोलामा बाढी आउँदा नदी किनाराका बस्ती डुबानमा परेका थिए ।

shares