Breaking News

नुवाकोटमा बस दुर्घटना, २० जना घाइते

काठमाण्डौ, ३० साउन । नुवाकोटमा मिनी ट्रकलाई साइड दिने क्रममा सडकबाट बस खस्दा २० जना यात्रु घाइते भएका छन् ।

सदरमुकाम बिदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा ढुंगेचौतारो भन्ने ठाउँमा सडकको छेउ भासिएर खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र बाँकीको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

shares