Breaking News

इटलीमा पुलको भग्नावशेषभित्र जीवित घाइतेहरूको खोजी कार्य जारी

काठमाण्डौ, ३० साउन । इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको पुल नाटकीय ढंगले भत्किएपछि उद्धारकर्ताहरूले संभावित जीवित घाइतेहरूको खोजी कार्यलार्इ जारी राखेका छन् । उनीहरूले मोटर तथा भग्नावशेषभित्र मानिसहरू चेपिएको हुनसक्ने जनाएका छन् ।

उक्त घटनामा कम्तीमा ३५ जनाको ज्यान गएको थियो । आँधीबेहरी आएको बेला पुल भत्केपछि दर्जनौं गाडीहरू पुलसंगै ४५ मिटर माथिबाट भुईंमा बज्रेका थिए । एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए ।

घाइते १६ जनालार्इ तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो भने ४ देखि १२ जना हराइरहेको हुनसक्ने बताइएको छ । सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो ।

यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा ‘भयानक त्रासदी’ भएको बताए ।

shares