Breaking News

खोलाले बगाउँदा एक जनाको मृत्यु

जाजरकोट, ३० साउन । जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा खोलाले बगाउँदा बुधबार बिहान एक जनाको ज्यान गएको छ ।

खोलामा आएको बाढीले बगाउँदा ३९ वर्षीय उमेशबहादुर शाहीको  मृत्यु भएको हो ।

खोलामा आएको बाढीले बगाएर झण्डै ५० मिटर तल पुर्‍याएपछि स्थानीयहरूले शाहीको उद्धार गरेको नलगाड नगरपालिकाको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । शाहीको घटनास्थलमै मृत्यु भएको पनि उनले बताए ।

shares