Breaking News

बाढीले अनामनगरको फलामे पुल बगायो

काठमाण्डौ, ३० साउन । धोबीखोलामा अाएको बाढीले अनामनगरको फलामे पुल बगाएको छ ।

अनामनगरको मदन भण्डारी नजिक रहेको फलामे पुल बगाएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ । गएराति धोबीखोलमा खोलाको सतहभन्दा पनि माथि पानी आएपछि सडक समेत हिलाम्मे भएको छ । मदन भण्डारी कलेजमा पानी पसेको छ भने अनानमनगर आसपासका सडकमा पूरै हिलो जमेको छ ।

गएराति १ बजे देखि धोबीखोलामा आएको बाढीका कारण अनामनगर आसपासका अधिका‌ंश घरमा पानी पसेको छ । एक्सासी खोलामा पानी आएपछि स्थानीयहरू तीन बजे उठेर घरभित्र पसेको पानी फालेका थिए ।

shares