Breaking News

विद्यालयको खानेपानी ट्याङ्कीमा विष, २६ जना विद्यार्थी बिरामी

विराटनगर २९ साउन । विषाक्त पानी पिउदा मोरङको लेटाङ नगरपालिका ९ जाँतेको श्रीमाविकामा अध्ययानरत २६ जना विद्यार्थी बिरामी परेका छन ।

ती मध्ये दुर्इ जना विधार्थीको अवस्था गम्भिर रहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक युवराज खतिवडाका अनुसार विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले विष मिसाएको अनुसन्धानबाट खुलेको छ । उक्त ट्याङ्कीको पानी पिउदा विद्यार्थी विरामी परेका हुन ।

विद्यार्थीले धाराको पानी पिए लगतै वान्ता गरेपछि उनीहरुलाई उपचारको लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र लगिएको थियो ।

श्रृष्टी निरौला र खुस्बु मिश्रले लगातार वान्ता गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरी निरक्षक खतिवडाले जानकारी दिनुभयो ।

अरु विद्यार्थीको स्वास्थ्यस्थिती सामान्य रहेको छ । प्रहरीका अनुसार विद्यालयको पानी टंयाकीमा साईपर मेथिन विषादी हालेको जनाइएको छ । यो समान्य प्रकारको विषादी रहेको प्रहरीको भनाई छ ।  विषादी हाल्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेकाे बताएकाे छ ।

shares