Breaking News

सरकार बन्द उद्योगहरु सञ्चाल गर्ने तयारीमा

काठमाण्डौ २९ साउन । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक बर्षमा बन्द तथा रुग्ण उद्योगको स्तरोन्नती तथा सञ्चालन गर्न मोडालिटी तयार गरि प्रस्ताव आह्वान गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उद्योग मन्त्रालयको योजना , अनुगमन तथा मुल्याङक समितिले नेपाल मेटल कम्पनी संचालनको प्रक्रिया अघि बढाउने , गोरखकाली रबर उद्योग र हेटौडा कपडा उद्योग सञ्चालनका लागी प्रक्रिया अघि बढाउने तथा वीरगंज चिनी कारखाना र बुटवल धागो कारखाना कम्पनीको सञ्चालनका लागी अर्थमन्त्रालयसंग समन्वय गरिने जनाएको हो ।

त्यस्तै यसै आर्थिक बर्षभित्र औधोगीक क्षेत्र , बिशेष आर्थिक क्षेत्र , बिशेष बस्तु उत्पादन क्षेत्र र औधोगिक ग्राम जस्ता औधोगिक पूर्वाधार निर्माणलाई तीव्रता दिने मन्त्रालयले जनाएको छ ।

तातोपानी सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याईने , राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने , पेट्रोलियम भण्डारको क्षमता बढाउने कार्य पनि यसै आर्थिक बर्षभित्रै सुरु हुने जनाईएको छ । त्यस्तै नेपाल- भारत र नेपाल- चीन क्षेत्रिय व्यापार तथा पारावहन आयोजनाको कार्य पनि तीब्र रुपमा अघि बढिरहेको मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।

मन्त्रालयले व्यापार घाटा न्यूनिकरण कार्ययोजना छिटै कार्यान्वयनमा ल्याउने पनि जनाएको छ । बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मातृका यादवले मुलुकको बिकास र समृद्धिमा औधोगीक क्षेत्रको विकासको महत्वपूर्ण भूमिका रहेको भन्दै अल्पकालिन तथा दिर्घकालीन योजनालाई सफल बनाउन निर्देशन दिनुभएको थियो ।

shares