Breaking News

टर्कीको आर्थिक संकटमा अाफू जिम्मेवार नरहेकाे अमेरिकाको भनाई

काठमाण्डौ २९ साउन । अमेरिकाले टर्कीमा आर्थिक संकट हुनुमा आफू जिम्मेवार नभएको स्पष्ट पारेको छ ।

टर्कीका राष्ट्रपति रिसेप टेइप एर्डोगानले अमेरिकाले पछाडीबाट छुरा धसेको प्रतिक्रिया दिएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।

टर्कीमा थुनामा रहेका एक अमेरिकी धर्मगुरुलाई रिहा गर्ने बिषयमा दुई देशबीच तनाव चुलिएपछि विवाद आर्थिक प्रतिबन्धसम्म पुगेको छ । अमेरिकाले टर्कीबाट आयात हुने स्टिल र आल्मुनियमको शुल्क बढाएको छ ।

फलस्वरुप अमेरिकी डलरको तुलनामा टर्कीको मुद्राको भाउ घटेको छ । यसले टर्कीमा आर्थिक संकट उत्पन्न गराएको छ । ट्रम्प प्रशासनले भने टर्कीमा हुने आर्थिक संकटको कारण अमेरिका नरहेको दाबी गरेको छ ।

टर्कीबाट आयात हुने सामग्री न्यून भएकाले यसबाट आर्थिक अवस्था नै डामाडोल हुने स्थिति नरहेको ट्रम्पका आर्र्थिक सल्लाहकारको भनाइ छ ।

shares