Breaking News

बुटवलमा बन्दको प्रभाव : यातायात, कल कारखाना तथा शिक्षण संस्थाहरु ठप्प

दिनेश पाण्डे/ बुटवल २९ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले अाव्हान गरेकाे नेपाल बन्दकाे असर बुटवलमा परेकाे छ ।
बन्दले गर्दा लामाे तथा छोटा दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन । उद्योग, कल कारखाना तथा शिक्षण संस्थाहरु र पसलहरु पनि खुलेका छैनन  । अांशिकरुपमा साना सवारी साधनहरु भने सञ्चालनमा अाएका छन । अटो  रिक्साबाट यात्रुहरु यात्रा गरिरहेका छन ।
गए राति बुटवलको फुलवारीमा रहेको भारतिय भुपु सैनिकको पेन्सन क्याम्पको शाैचालयमा बम बिस्फोट भएकाे थियो ।
हालसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन ।
shares