Breaking News

स्थानीय तहमा करका समस्यालाई छिटो समाधान गर्नुपर्नेमा सम्बद्ध निकायको जोड

काठमाण्डौ, २८ साउन । स्थानीय तहमा करको समस्या बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा सम्बद्ध निकायहरूले जोड दिएका छन् ।

सोमबार नेशनल ब्यूरो अफ प्रोफेशनल सर्भिसेज प्रालिले काठमाडौंमा आयोजना गरेको ‘नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’ विषयक अन्तरक्रियामा महालेखा परीक्षक, आईक्यान अध्यक्ष, अर्थविद तथा व्यवसायीले यस्तो बताएका हुन् ।

कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्माले स्थानीय तहमा देखिएका करका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए । आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले पनि प्रत्येक स्थानीय निकायमा करको दर फरक भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै खुसीसाथ नागरिकले राज्यलाई कर तिर्न पाउने वातावरण बनाउन अर्थविद् चन्द्रमणि अधिकारीले सरकारलाई सुझाव दिए । सरकारको कर नीति राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताएका कार्यक्रमका अन्य वक्ताहरूले स्थानीय निकायलाई आफूखुसी करको दर निर्धारण गर्नबाट रोक्न केन्द्रिय सरकारले पहलकदमी लिनु पर्ने बताएका थिए ।

shares