Breaking News

अाज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड

काठमाण्डौ, २८ साउन । साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

पशुपतिनाथ मन्दिरमा काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको साथै महिनैभरि तथा सोमबार मात्र ब्रत बस्नेहरूले अाजैको दिन ब्रतको अनुष्ठान गर्नेहरूको घुइँचो लागेको थियो । बिहानै परेको वर्षाको बावजूद पनि पशुपतिनाथ परिसरमा श्रद्धालुहरूको निकै नै बाक्लो उपस्थिति देख्न सकिन्थ्यो ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि भक्तजनको घुइँचो लागेको छ ।

shares