Breaking News

पाँच दिने सहकारी तालिम सम्पन्न

धनकुटा, २८ साउन । नेपाल राष्ट बैंकको उन्नति परियोजनाले जिल्ला सहकारी संघ धनकुटाको समन्वयमा आयोजना भएको सहकारी सुशासन तथा वित्तिय सञ्चालन विषयक पाँच दिने तालिम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै प्रदेश सभा क्षेत्र नं. १ धनकुटाका सांसद निरन राईले सहकारीबाटै राष्टमा समृद्धि हासिल गर्न सकिने बताए ।

जिल्ला सहरकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व सांसद अञ्जना ताम्ली, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतले समृद्धिका लागि सहकारी भएकाले अब टोल टोलमा सहभागी अवधारणा ल्याउनु पर्नेमा जोड दिंदै तालिममा सिकेका विषयहरूलाई प्रयोगमा ल्याउन जोड दिए ।

पाँच दिनसम्म संचालन भएको तालिममा धनकुटा जिल्लाका विभिन्न सकारी संस्थाहरूका ३० जना प्रतिनिधिहरूले भाग लिएका थिए ।

shares