Breaking News

अाजदेखि लगातार ३ दिनसम्म वर्षा हुने

काठमाण्डौ, २८ साउन । सोमबारदेखि तीन दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले प्रकाशित गरेको बुलेटिनमा तीन दिनसम्म देशभर भारी तथा मध्यम वर्षा हुने उल्लेख गरिएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्नेछ ।

दिउँसोको समयमा देशको पूर्वी क्षेत्रमा बढी पानी पर्ने अनुमान गरिएको छ।  काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि पानी परिरहेको छ । वर्षाको क्रम भोलिसम्म यथावत रहने मौसमविद्हरूले जनाएका छन् ।

राति देशभरका अधिकांश ठाउँमा मध्यम तथा भारी वर्षा हुने बताइएको छ । देशभर भारी वर्षा हुने भएकोले सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अाग्रहसमेत गरेको छ ।

shares