Breaking News

युवती बलात्कार गर्ने झाँक्री पक्राउ

काठमाण्डौ, २७ साउन । काठमाडौंको झोँछे, टौदहलगायतका क्षेत्रमा लामो समयदेखि झारफुक गर्दै आएका एक झाँक्री युवती बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरका ६४ वर्षीय कृष्णप्रसाद नेपाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए ।

झाँक्री नेपालले झारफुक गर्न आएकी ३० वर्षीया युवतीलाई रोग निको पार्ने भए अाफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै पटक–पटक बलात्कार गरेको पाइएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares