Breaking News

‘प्रकाण्ड’लाई थप २ दिन थुनामा राख्न अदालतको अादेश

काठमाण्डौ, २७ साउन । चन्दा प्रकरणमा हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई अनुसन्धानका लागि थप २ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले १५ दिन समय मागेकोमा अदालतले २ दिनको समय दिएको हो । बयान नसकिएकाले २ दिन म्याद थप गरिएको र मंगलबार पुनः अदालतमा हाजिर गराइने बताइएको छ । बुधबार चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाण्डलाई पक्राउ गरी पाँच दिनको म्यादसहित अनुसन्धान सुरु गरेको थियो ।

त्यस्तै प्रकाण्डसंगै पक्राउ परेका अन्यलाई भने अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ । झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट विश्वकर्मालाई पक्राउ गरिएको थियो । यता आफ्ना नेता पक्राउको विरोध गर्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

shares