Breaking News

ड्रिम डेस्टिनी एजुकेशन फेयरमा विद्यार्थीको उल्लेख्य सहभागिता

काठमाडौ, २७ साउन । उच्च शिक्षाका लागि वैदेशिक सोच बनाइरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गरी ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले आयोजना गरेको एक दिने शैक्षिक मेला सम्पन्न भएको छ ।

काठमाडौ सोह्रखट्टेस्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा भएको मेलामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । निशुल्क प्रवेश, निशुल्क परामर्शको सुविधा रहेको मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

फेयरमा सहभागी भएका विद्यार्थी तथा अभिभावकले अमेरिका र अष्ट्रेलिया तथा अमेरिकाका कलेज प्रतिनिधिसँग प्रत्यक्ष संवादमार्फत आफू जाने देश र अध्ययन गर्ने कलेजको विषयमा पत्यक्ष रूपमा जान्न पाउँदा निकै खुसी भएको बताए । यस्तै कलेजका प्रतिनिधिहरू पनि विद्यार्थीहरूको सहभागिताबाट सन्तुष्ट रहेको बताए ।

मेलमा विशेष गरी आइटी, नर्सिङ, विजिनेश जस्ता क्षेत्रमा विद्यार्थीहरूले रुची देखाएको मेलाका संयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष तथा शैक्षिक मेला संयोजक बुद्धि प्रसाद रेग्मीले जानकारी दिए ।

४ सय भन्दा बढी विद्यार्थी सहभागी भएको मेलामा विज्ञहरूबाट निशुल्क परामर्श सेवा लिएका छन् । मेलामा अस्ट्रेलिया र अमेरिकामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका विश्व स्तरीय कलेजहरूको सहभागिता रहेको थियो । मेलामा आफ्ना शैक्षिक प्रमाणपत्रसहित सहभागिता जनाएका विद्यार्थीहरूले मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागि भिषा प्रक्रियाको सुरुवात गर्ने अवसर पाप्त गरे ।

shares