Breaking News

रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजना निर्माणको चरणमा

काठमाण्डौ, २७ साउन । लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको जनाएको छ ।

बोर्डले प्रवर्द्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा रहेको समेत जनाएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भारतीय प्रवर्द्धक सतलज विद्युत् निगमले प्रवर्द्धन गरेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न थालिएको जानकारी दिए ।

लगानी बोर्डको कामका बारेमा जानकारी गदाउँदै ५०० मेघावाट भन्दा बढीको आवश्यक आयोजनाको बारेमा अध्ययन भइरहेको उनले बताए । नेपालमा लगानी गर्न चाहने देशलाई दूतावासमार्फत सहजीकरणको काम पनि बोर्डले गरिरहेको उनको भनाइ छ । यस्तै नेपाली र चिनियाँको संयुक्त लगानीमा स्थापित होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको उनले बताए ।

दीर्घकालीन महत्वका ठूला परियोजनामध्ये केही निर्माणको चरणमा गएको र केही प्रक्रियामा रहेको उनले जानकारी दिए । उनले बोर्डले संयोजन गरेको परियोजना आशातीत् रूपमा अगाडि बढेको र केही परियोजनामा ढिलाइ भए पनि क्रमशः ती निर्माणमा जाने बताए ।

त्यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डाक्टर बैकुण्ठ अर्यालले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र त्यसअन्तर्गका कानुनी विषय आर्थिक ऐनमा पनि उल्लेख गरिएकाले द्विविधामा बस्नु नपर्ने उल्लेख गरे । समिति सदस्यहरूले वित्त आयोगमा पदाधिकारी नियुक्त गरी पूर्णता दिन सरकारलाई सुझाव दिएका थिए ।

shares