Breaking News

‘उडी जाने’ लिएर अाए गायक प्रविन प्रसाईँ (भिडियो)

काठमाण्डौ, २७ साउन । गायक प्रविन प्रसाईँ आफ्नो नयाँ गीत ‘उडी जाने’ लियर पुनः नेपाली सांगीतिक बजारमा आएका छन् ।

उनी करिब १ वर्षपछि आफ्नै शब्द, संगीत र शैलेन्द्र प्रधान ‘बाबु’को संगीत संयोजनमा ‘उडी जाने’ लिएर आएका हुन् । करिब १ हप्ताअघि आफ्नै यु ट्युब च्यानलमार्फत गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका गायक प्रविनको म्युजिक भिडियोमा सुन्दर दृश्यहरू समावेश गरिएका छन् ।

भिडियोको क्यामेरा एडिट र निर्देशन बिपिन रिजालले गरेका हुन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिर्इ हाल झापाको सुरुङ्गामा स्थायी घर भएका प्रविनले करिब १० वर्ष अगाडि झापाबाटनै गीत संगीतको यात्रा सुरु गरेका थिए ।

८ वर्ष अगाडि पहिलो एल्बम बजारमा ल्याएका प्रविन हाल सांगीतिक छेत्रको अलावा राजधानी काठमाण्डौमा रहेर व्यवसायमा पनि ब्यस्त छन् । आफ्नो कार्य ब्यस्तताले पूरा समय दिन नपाएपनि वर्षमा एउटा गीत निकाल्दै आइरहेको र आगामी दिनमा पनि यो यात्रा जारी राख्ने उनले बताए ।

भिडियो हेर्नुहोस्-

shares