Breaking News

विराटनगर महानगरपालिकाको कार्यालयभित्रै बम विष्फोट

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । आइतबार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो ।

नगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षबाहिर आगन्तुक कक्षमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार कसले र किन बम विस्फोट गरायो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

विस्फोटनका कारण कोठामा सामान्य क्षति पुगेको एसपी केसीले जानकारी दिए । बम विस्फोट हुँदा महानगर प्रमुख भने आगन्तुक भेटघाटमा नै व्यस्त थिए ।

shares