Breaking News

नासाको ‘सूर्य छुने’ अभियान, प्रक्षेपण गर्‍यो यान

काठमाण्डौ, २७ साउन । अमेरिकी अन्तरिक्षसम्बद्ध संस्था नासाले सूर्यको हालसम्मकै सबैभन्दा नजिक पुग्नेगरी अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।

अमेरिकाको फ्लोरिडाबाट ‘पार्कर सोलार प्रोव’ नाम दिइएको मिसन लिएर उक्त डेल्टा-४ हेवी रकेट उडेको हो । सो यन्त्र मानव निर्मित सबैभन्दा छिटो उड्ने वस्तु हुनेछ । यसको गति १९० किमी प्रति सेकेन्ड रहेको छ ।

उक्त यान सूर्यको उम्लिरहेको सतहबाट ६.१२ मिलियन किलोमिटर नजिक पुग्ने जनाइएको छ जहाँको तापक्रम १३०० डिग्री सेन्टिग्रेड हुनेछ । यसअघि सूर्यभन्दा ४३ मिलियन किमी टाढासम्म मात्र यान पुग्न सकेको थियो ।

नासाले प्रक्षेपण गरेको यो मिसन सिधै सूर्यको बाहिरी मण्डल अर्थात् कोरोनामा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सो मिसनले सात वर्षसम्ममा सूर्यको वरपर २४ चक्कर लगाएर कोरोनाको भौतिक संरचनाको अध्ययन गर्नेछ जहाँबाट सूर्यले पृथ्वीलार्इ प्रभावित गर्ने काम गर्दछ ।

shares