Breaking News

जीपको ठक्करबाट बालकको मृत्यु, चार घाइते

पाल्पा, २७ साउन । पाल्पा तानसेनको बडिज्ञानटोलमा जीपको ठक्करबाट ११ महिने बालकको मृत्यु भयको छ भने चार जना घाइते भएका छन् ।

तानसेनको हुलाकचोकबाट बसपार्क झरेको ग. १ च. ६७४८ नम्बरको जीपले बाटोमा हिंडेका मानिसहरूलार्इ ठक्कर दिएको थियो ।

जीपले ठक्कर दिंदा एक जना बालकको मृत्यु भएको छ । जीपले ठक्कर दिएर घाइते भएका अन्य ४ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको लागि पठाइएको छ ।

shares