Breaking News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल गठन

सुर्खेत, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन ३ मा भएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही सदस्य रहेका छन् ।

उक्त कार्यदलले एक साताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् । -रासस

shares