Breaking News

नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन

काठमाण्डौ, २७ साउन । साहित्यतर्फ नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । ८५ वर्षीय नायपालको लण्डनस्थित आफ्नै घरमा निधन भएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्नो पुर्ख्यौली भूमि नेपाल हुनसक्ने बताएका थिए । उनले सन् १९७१ मा “बुकर

१९३२ मा ट्रिनिडाडमा जन्मिएका नायपाल भारतीय मूलका व्यक्ति हुन् । ट्रिनिडाडमा हुर्किएका भएपनि जीवनको लामो कालखण्ड लण्डनमा बिताएकाले उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरे ।

‘द बेन्ड इन द रिभर’, ‘द एनिग्मा अफ अराइभल’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् ।

shares