Breaking News

जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइयो: कृषिमन्त्री

काठमाण्डौ, २५ साउन । कृषिमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइएको बताएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले करको विषय सरकारका बारेमा आलोचना गर्ने बहानामात्रै भएको बताए । मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरूमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाइएको बताए ।

उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महसूस हुनेगरी राम्रो कामहरू गर्ने दाबी गरे । त्यस्तै फरक प्रसंगमा उनले कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए । भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरी आफूले निर्देशन दिएको भन्दै उनले आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत् अवलोकनमा जाने पनि जानकारी दिए ।

उनले संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने बताए ।

shares