Breaking News

अपराधिक गतिविधि गरेका कारण ‘प्रकाण्ड’लाई पक्राउ गरिएको गृहमन्त्रीको भनाइ

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले अपराधिक गतिविधि गरेका कारण नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे ।

विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाइ थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रूपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

त्यस्तै भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताए । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उनको भनाइ थियो ।

अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार लागिपरेको जिकिर गरे ।

shares