Breaking News

प्रचण्डको भारत तथा चीन भ्रमणको मिति टुंगो लाग्यो

काठमाण्डौ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत तथा चीन भ्रमणको मिति तय भएको छ ।

भ्रमणको तालिका सार्वजनिक नगरिएको भएपनि आन्तरिक रूपमा भ्रमणको मिति तय भइसकेको जनाइएको छ । भ्रमण तालिका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने भएका छन् ।

त्यस्तै असोज एक गतेदेखि एकहप्ताका लागि उनले चीन भ्रमण गर्ने भएका छन् । नेकपाको एकिकरणपछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् ।

प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनियाँ दूतावास सक्रिय भएपनि प्रचण्डले भ्रमणको सुरुवात भारतबाट गर्ने निर्णय गरेका छन् ।

shares