Breaking News

पार्टीको हेडक्वार्टर धुम्बाराहीमा राख्ने नेकपाको निर्णय

काठमाण्डौ, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरूको कार्यालय राख्ने निर्णय गरेको हो ।

धुम्बाराहीमा तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादी केन्द्रको कार्यालय रहेको थियो ।

shares