Breaking News

नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो विश्व आदिवासी जनजाति दिवस

काठमाण्डौ, २४ साउन । २४ औं विश्व आदिवासी जनजाति दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा बिहीबार काठमाडौंको भृकुटिमण्डपबाट विशेष सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको थियो । नेपाल आदिवासी जनजाति महासंघको आगुवाईमा आयोजना गरिएको र्याली सहिदगेट, न्युरोड, रत्नपार्क हुँदै पुन भृकुटिमण्डप पुगी सभामा परिणत भएको थियो ।

आदिवासी जनजातिहरूको बसाइसराई र स्थानान्तरण भन्ने नाराका साथ विश्वभर दिवस मनाइरहँदा नेपालमा भने ‘अधिकार प्रतिनिधित्व , स्वायतत्ता/स्वशासनका लागि आदिवासीको अडानः मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

दशकौं देखिको आदिवासी जनजाति आन्दोलनलाई राज्यले सम्बोधन गर्न नसकेकाले यो दिवसलाई संविधान संशोधन गराई पूर्ण अधिकार प्राप्त गर्नको निमित्त सशक्त दबाब दिने अभियानको रूपमा मनाएको महासंघले जनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको छ ।

shares