Breaking News

कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै थापा

काठमाण्डौ, २४ साउन । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बिहीबारबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री आफ्नो कार्यकाल सकिनु एक महिनाअघि बिहीबारबाट बिदामा बस्ने भएपछि थापाले नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् ।
प्रधानसेनापति क्षत्रीले जंङ्गी अड्डामा बलाधिकृत रथी थापालाई पद बुझबुझारथ गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।
२०३६ सालमा अधिकृत क्याडेटबाट सेनामा प्रवेश गरेका थापा भदौ २४ गतेदेखि नेपालको ४३ औं प्रधानसेनापति बन्ने भएका छन् ।
shares