Breaking News

कस्तुरीको बिनासहित चार युवक पक्राउ

काठमाण्डौ, २४ साउन । कस्तुरीको बिनासहित चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचना पाएको अाधारमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने कृष्ण नेपालीको २८ वर्षीय छोरा दीपक, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने जित सिंह सुनुवारको छोरा १८ वर्षीय अर्पण, रामेछापकै बेथान बस्ने ईन्द्रबहादुर पाण्डेको छोरा वर्ष १७ का उज्वल र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने मेघलाल बस्नेतको छोरा वर्ष २२ का जीवन बस्नेत रहेका छन् ।

अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

shares