Breaking News

प्रकाण्डलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, उनीमाथि ७ करोड चन्दा असुलेको आरोप

काठमाण्डौ, २३ साउन । जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्तासमेत रहेका खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले मंगलबार साँझ करिब साढे ७ बजेतिर दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जनालार्इ पक्राउ गरेको हो ।

प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रूपमा करिब ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

उनीहरूविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

shares