Breaking News

‘प्रकाण्ड’ पक्राउको विरोधमा विप्लवले आन्दोलन गर्ने

काठमाण्डौ, २३ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पार्टीले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

सरकारले राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरूले यसको खुलेर विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् । राजनीतिक अधिकारका लागि अाफ्नो पार्टीले संचालन गरेको अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि विज्ञप्तिमा विप्लवले चेतावनी दिएका छन् ।

shares