Breaking News

वादी समुदाय उत्थान विकास समिति कायम नरहे आन्दोलन गर्ने चेतावनी

ललितपुर, २३ साउन । सरोकारवालाहरूले वादी समुदाय उत्थान विकास समिति कायम नरहे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वादी समुदायको मागलाई कसैले गम्भीर भएर नसोचे महिला पुरुष अर्धनग्न भएर सिंहदरबारको गेटमा चढ्ने उनीहरूको चेतावनी छ ।

वादी समुदाय उत्थान विकास समितिले बुधबार ललितपुरमा आयोजना गरेको ‘परिवर्तित समयमा वादी समूदाय समितिको औचित्यता’ विषयक छलफलमा समितिका सदस्य सचिव महेश नेपालीले वादी आन्दोलन सडकबाट नै स्थापित भएकाले पुन सडकमा जान कुनै आपत्ति नभएको बताए ।

उनले वादी समुदाय उत्थान विकास समितिले वादी समुदायको हकहितका लागि अझै धेरै काम गर्न पर्ने भएकाले कुनैपनि हालतमा समिति खारेज गर्न नहुने बताए ।

कार्यक्रममा वादी निर्मला कुमारी गुप्ताले वादी समुदायको अस्तित्वको ख्याल नगरी मानवअधिकारको हनन गरेर पैसा कमाउनेहरूलाई कसैले पनि छोड्न नहुने बताइन् ।

shares