Breaking News

भदौ दोश्रो साता काठमाडौंमा बृहत तिज व्यापार मेला हुने

काठमाण्डौ, २३ साउन । महिला श्रृजनशील केन्द्रको आयोजनामा भाद्र दोश्रो साता काठमाडौंमा १७ औं बृहत तिज व्यापार मेला हुने भएको छ ।

केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिजको अवसरमा भाद्र सातदेखि १० गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा बृहत तिज महोत्सव तथा व्यापार मेला आयोजना गर्न लागिएको जनाएको हो ।

महोत्सवमा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरूलाई प्रदर्शनीमा राख्न सक्ने र महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गरिने जनाइएको छ ।

महोत्सव महिला उद्यमीका लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभव एक आपसमा बाँड्ने प्रमुख थलो भएको केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् । मेलामा दुई सय भन्दा बढी स्टल रहने र करिब एक लाखले मेलाको अवलोकन गर्ने विश्वास लिइएको थापाले बताइन् ।

महिला सिर्जना र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलापछि उत्कृष्ट ५ व्यवसायीलाई पुरस्कृत गरिने केन्द्रले जनाएको छ ।

shares