Breaking News

राष्ट्रियसभा बैठक: छलफलका लागि विधेयक पेश

काठमाण्डौ, २३ साउन । प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ दफाबार छलफलको लागि विधायन समितिमा पठाइएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकले उक्त विधेयक छलफलका लागि विधायन समितिमा पठाएको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको थियो ।

यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बोलाइएको छ ।

shares