Breaking News

निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन माग

काठमाण्डौ, २३ साउन । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले भक्तपुर काँडाघारीका बालक निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले बालक हत्याबारे एक अर्कामा विरोधाभास सूचना आइरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

समयमै प्रहरीले सुझबुझपूर्ण निर्णय लिएको भए बालकको हत्या नहुने भन्ने टिप्पणी पूर्व प्रहरीका उच्च अधिकारीबाट आउने गरेको भन्दै उनले प्रहरीको भूमिका र घटनाको वस्तुगत यथार्थताबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

उनले प्रहरीले भनेको इन्काउण्टरमा मानवअधिकारको उलंघन भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । त्यस्तै, उनले कंचनपुर घटनाबारे पनि सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

shares