Breaking News

अष्ट्रेलियामा खडेरी: न्यु साउथ वेल्स राज्य पूर्ण प्रभावित

काठमाण्डौ, २३ साउन । अष्ट्रेलियाको सबैभन्दा बढी जनघनत्व भएको न्यु साउथ वेल्स राज्यमा ठूलो खडेरी परेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

पूर्वी अष्ट्रेलियाको भूभागमा परेको हिउँदे सुख्खा खडेरीले त्यहाँको जनजीवन निकै प्रभावित बनेको छ । इतिहासमै यो सबैभन्दा डरलाग्दो खडेरी भएको स्थानीयहरू बताउँछन् ।

अष्ट्रेलियाको एक चौथाइ कृषि उपज न्यु साउथ वेल्सबाटै प्राप्त हुन्छ । बुधबार न्यु साउथ वेल्सलार्इ अौपचारिक रूपमा “शतप्रतिशत खडेरी गएको” घोषणा गरिएको छ ।

राज्य र संघीय सरकारले अाकस्मिक राहत कोषका लागि ५७६ मिलियन अष्ट्रेलियन डलर उपलब्ध गराएको छ ।

shares