Breaking News

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाण्डौ, २३ साउन । नेपाली साहित्यमा निबन्ध, बालसाहित्य, कलासमीक्षकको रूपमा उपस्थिति जनाएका वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन भएको छ ।

मिश्रको ८३ वर्षको उमेरमा गएराति २ बजे हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीरलार्इ लण्डनबाट कान्छो छोरा अाइपुगेपछि पशुपतिको विद्युत शवदाह गृहमा दाहसंस्कार गरिने जनाइएको छ ।

मिश्रका विश्वकलाको इतिहास-कलाको इतिहास, मेरो चित्र मेरो छायाँ-निबन्ध संग्रह, चंखे खरायो-बाल साहित्य आदि प्रकाशित छन् । उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो ।

तीन दशकदेखि आफ्नो घर क्षेत्रबाट बाहिर नजाने प्रण गर्दै गुफावासजस्तै गरी घर बसेका मनुजबाबु मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका पुत्र रविन्द्र मिश्र हाल राजनीतिज्ञको रूपमा परिचित छन् र कविताको एउटा पुस्तक पनि प्रकाशित छ ।

shares