Breaking News

दुर्घटना बीमा रकम १० लाख पुर्‍याउने सरकारको तयारी

काठमाण्डौ, २३ साउन । सरकारले तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी तयारी सुरु गरेको छ । हाल दुर्घटनामा मृत्यु भएकाको परिवारलार्इ ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको हो ।

यातायात समितिहरू अस्तित्वमा नरहने भएपछि क्षतिपूर्ति रकम कम पाउने अवस्था आएको कारण सरकारले बीमाको प्रिमियम बढाएर क्षतिपूर्ति रकम बढाउन लागेको जनाएको छ । क्षतिपूर्ति रकम बढेसँगै प्रिमियम शुल्क पनि बढ्नेछ ।

सवारी दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई बीमा कम्पनीले हाल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेकोमा उक्त बीमा रकम थोरै भएको जनगुनासाहरू आएपछि विभागले यसलाई शतप्रतिशत बढाउने गरी योजना अघि सारेको हो ।

त्यस्तै सवारी दुर्घटनामा घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । घाइतेले उपचारार्थ पाउने क्षतिपूर्ति रकम बढाउन विभागले बीमा कम्पनीबाट प्रिमियिम शुल्कसहित प्रस्ताव माग गरेको छ ।

shares