Breaking News

हेटौंडाको ‘ओम्याक्स’ सिनेमा हलमा आगलागी, करोडभन्दा बढी क्षति

हेटौंडा, २३ साउन । हेटौँडाको ‘ओम्याक्स’ सिनेमा हलमा आगलागी भएको छ । अाज बिहान १० बजेतिर लागेको आगोको कारण हलको भित्री भागमा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् ।

स्थानीय युवाहरूको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ । आगो करेन्ट सटको कारण लागेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अागलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।

आगोको कारण एक करोडभन्दा धेरै क्षति भएको अनुमान गरिएको छ । आगो निभाउनको लागि हेटौँडा उपमहानगरपालिकाको दमकल परिचालन गरिएको छ । एउटा मात्र दमकल भएको कारण चारैतिर फैलिसकेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

shares