Breaking News

बिमष्टेक बैठकलाई मध्यनगर गर्दै उपत्यकामा तार व्यवस्थापनको कार्य सुरु

काठमाण्डौ, २२ साउन । आगामी भाद्रको दोश्रो साता काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमष्टेक) बैठकलाई मध्यनगर गर्दै काठमाडौ उपत्यकामा तार व्यवस्थापनको कार्यको सुरुवात गरिएको छ ।

काठमाडौ महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल केवल टेलिभिजन महासंघ लगायतको सहकार्यमा पहिलो चरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि चूच्चेपाटीको ह्यात होटेलसम्म र अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडको होटल सोल्टीसम्मको सडकको तार व्यवस्थापन कार्य सुरु गरिएको हो ।

टेलिफोन, ईन्टरनेट विद्युत र केबलका तार बाहिर छरपष्ट अवस्थामा रहेको र यसका कारण सहरको सौन्दर्य बिग्रिएको र यसले बिमेष्टेकमा सहभागी हुन आउने विदेशी पाहुनामा नकारात्मक असर पर्ने भएकाले तार व्यवस्थापनको कार्य सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले अहिले विमानस्थल केन्द्रीत तार व्यवस्थापनको कार्य सुरु गरिएको बताए । यसअघि पहिलो चरणमा माईतिघर क्षेत्रबाट तार व्यवस्थापनको कार्य सम्पन्न गरिएको थियो ।

shares