Breaking News

महिला हिंसाविरुद्ध विरोध र्‍याली

काठमाण्डौ, २२ साउन । पछिल्लोे समय महिला हिंसा बढ्दै गएको भन्दै राप्रपा प्रजातान्त्रिक महिला संगठन केन्द्रिय समितिले काठमाडौंमा विरोध र्‍याली निकालेको छ ।

मुलुकभर महिला हिंसा बढ्दा पनि अपराधीहरू कानुनी कारबाहीको दायरामा आउन नसकेको भन्दै समितिले मंगलबार काठमाडौंको माईतिघरदेखि बबरमहलसम्म विरोध र्‍याली निकालेको हो । महिला हिसां गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने, बलत्कारीलाई फाँसीको सँजाय लिनुपर्ने भन्दै र्‍यालीमा सहभागीहरूले कडा नाराबाजी गरेका थिए ।

महिला हिंसाका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै सहभागीले सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए । राप्रपा प्रजातान्त्रिक महिला संगठन केन्द्रिय समितिकी रोशन कार्कीले महिलामाथि भइरहेको श्रृखलाबद्ध बलात्कार, हिंसा र हत्याको विरुद्ध विरोध र्‍यालीको आयोजना गरिएको जानकारी दिए । उनले महिला हिंसाको क्रम न्यूनिकरण गर्न नसकेको भन्दै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

सरकारले महिला हिंसाको दोषीलाई कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही नल्याइए आन्दोलन चर्काउने राप्रपा प्रजातान्त्रिक महिला संगठनले जनाएको छ ।

shares