Breaking News

नेपालमा वार्षिक ५० हजार मानिस अागोबाट जल्ने गरेको तथ्यांक

काठमाण्डौ, २२ साउन । नेपालमा आगोले जलेर घाइते हुने र मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले त्यसलाई न्यूनिकरण गर्न जनचेतनाको खाँचो रहेको सरोकारवालाले जोड दिएका छन् ।

नेपाल अग्नि जलन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अग्नि जलन सुरक्षा विषयक अन्तर्क्रियामा उनीहरूले जलेर घाइते हुँदा समयमा नै प्राथमिक उपचार नपाउनाले क्षति बढ्दै जाने जोखिम रहेको भन्दै त्यसलाई न्यूनिकरण गर्न जनचेतनाको खाँचो रहेको बताएका हुन् ।

नेपालमा प्रत्येक वर्ष ५० हजार मानिस आगोले जल्ने समस्यामा परेको र त्यसमध्ये पाँच प्रतिशत अपाङ्ग र चार प्रतिशत मर्ने गरेको जानकारी दिइयो । त्यस्तै बालबालिकामा हुने जलन मध्ये ७० प्रतिशतको मत्यु वा शारीरिक अशक्तताको शिकार हुने गरेको समाजले जनाएको छ ।

कार्यक्रममा समाजका महासचिव वरिष्ठ बालसर्जन रामनन्दनप्रसाद चौधरीले अग्नि जलनका कारण हुनसक्ने दुर्घटनालाई न्युनिकरण गर्नका लागि समाजले विद्यार्थी केन्द्रित जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए ।

अग्नि जलनबाट बच्नका लागि आवश्यक तालिम र चेतनामूलक सामग्री प्रसारण गरी सचेत गराउन निरन्तर अभियानमूलक कार्यक्रम गर्ने समाजले जनाएको छ ।

shares