Breaking News

रिलिजसंगै युट्युबबाट चर्चा बटुल्दै पेमाको ‘नेपालकी छोरी’

काठमाण्डौ, २२ साउन । गायिका पेमा लामाको नयाँ गीत ‘नेपालकी छोरी’ रिलिज भएसंगै युट्युबबाट चर्चित बन्दै गैरहेको छ । करिब १ हप्ता पहिला सार्वजनिक उक्त गीत दर्शक श्रोताहरूले अत्यधिक मन पराएका छन् ।

पेमाको आफ्नै शब्द र आशुसेन लामाको संगीत रहेको ‘नेपालकी छोरी’मा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको यस गीत ‘नेपालकी छोरी’को भिडियोमा मोडेल क्रिष्टिना थापाले दमदार अभिनय गरेकी छिन् ।

लामो समयदेखि विदेशी भूमिमा रहेर पनि गायिका पेमा नेपाली गीत संगीत छेत्रमा अनवरत लागिरहेकी छिन् । इजरायललाई आफ्नो कर्मथलो बनाउँदै आइरहेकी पेमा कलाकारहरूको गौरवमय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी अध्यक्ष हुन् ।

धेरै संघसंस्थामा बसेर अनुभव बटुली सकेकी गायिका पेमाले विभिन्न सामाजिक कामहरूमा निरन्तर सहयोग पुर्याउँदै आएकी छिन् । छिट्टै नै बजारमा नयाँ सांगीतिक एल्बम ल्याउने तयारीमा रहेकी गायिका पेमाको यस अघिको एल्बमका गीतहरू सर्वाधिक मन पराइएका छन् ।

भिडियो हेर्नुहोस्-

shares