Breaking News

काठमाण्डौमा साउन २६ गते शैक्षिक मेला हुने

काठमाण्डौ, २२ साउन । उच्च शिक्षाका लागि वैदेशिक सोच बनाइरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ ।

काठमाण्डौ सोह्रखुट्टेस्थित भि एस कम्प्लेक्समा रहेको फाउण्डेसनको आफ्नै कार्यालयमा साउन २६ गते (अगस्ट ११) शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म उक्त मेलाको अायोजना हुन लागेको हो । मेलामा अस्ट्रेलिया तथा अमेरिकामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

निशुल्क प्रवेश, निशुल्क परामर्शको सुविधा रहेको मेलामा विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणसहित सहभागिता जनाएको अवस्थामा मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागि भिषा प्रक्रियाको सुरुवात गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

यस्तै विशेषगरी आइएलटिएस अध्ययन सकेका, अध्ययन गरिरहेका तथा अध्ययन गर्ने सोचाइमा रहेका विद्यार्थीहरूलाई वैदेशिक अध्ययनमा विशेष छुटका साथै मेला अवलोकन तथा परामर्श पश्चात विभिन्न गिफ्ट ह्याम्पर प्रदान समेत गरिनेछ ।

shares