Breaking News

इण्डोनेसिया भूकम्प: मस्जिदको भग्नावशेषमा खोजी तथा उद्धार कार्य तीब्र

काठमाण्डौ, २२ साउन । इण्डोनेसियाको लोम्बोकमा अाइतबार गएको विनाशकारी भूकम्पका कारण भत्किएका मस्जिदहरूमा मानिसहरू पुरिएको हुनसक्ने अाशंकामा खोजी कार्य भइरहेको छ ।

६.९ रेक्टरस्केलको उक्त भूकम्पमा करिब एक सय मानिसहरूको मृत्यु भएको छ भने कम्तिमा बीस हजार मानिसहरू घरविहिन भएका छन् । सरकारी अांकडा अनुसार हालसम्म ९८ जनाको ज्यान गइसकेको देखिएको छ, तर अधिकारीहरूका अनुसार उक्त संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उत्तरी लोम्बोकमा हजारौं घरहरूसँगै मस्जिद पनि भत्किएको छ । मस्जिदमा पुरिएकामध्ये २ जनाको जीवितै उद्धार गरिएको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार संस्थाले जनाएको छ ।

shares