Breaking News

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल बनाएरै छाड्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल बनाएरै छाड्ने प्रतिबद्धता गरेका छन् ।

सोमबार काठमाडौंमा हिरोसिमा स्मृति दिवसका अवसरमा नेपाल अफ्रो एसियन जनएकता मञ्चले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली सरकारको परिकल्पना भएको भन्दै सफल भएरै छाड्ने बताए ।

उनले विकासको कुरा गर्दा झुट खेती गर्दै द्वान्द्वको बिजारोपण गर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्दै अघि बढ्ने जिकिर गरे । त्यस्तै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र काठमाडौंलाई सफा सहर बनाउने प्रतिबद्धता पनि जनाए । उनले मुलुकको विकास र समृद्धिका लागि जस्तोसुकै चूनौतिको पनि सामना गर्ने बताए ।

उनले विश्वलाई नै परमाणु हतियारमुक्त बनाउनुपर्ने धारणा पनि राखे ।

shares